चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडा पूर्वी सेक्टरमा स्थानान्तरण



चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार र आइतबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो ।

दुवै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छोडिएको छ । आन्तरिक स्थानान्तरणका क्रममा शनिबार १५ वर्षको र आइतबार १६ वर्षको पोथी गैँडालाई ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

उनका अनुसार शनिबार र आइतबार स्थानान्तरण गरिएका दुवै गैँडा निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीमा रहेका गैँडा हुन् ।

शनिबार डार्ट गरीएको गैँडालाई आइतबार बिहान र आइतबार डार्ट गरिएको गैँडालाई आइतबार साँझ निकुञ्जको पूर्वी सेक्टरमा ल्याएर छाडिएको उनले जानकारी दिए । यस वर्ष चारवटा गैँडा आन्तरिक स्थानान्तरण गर्ने योजनाका साथ गैँडा स्थानान्तरणको काम गरिएको हो ।

निकुञ्जले गत वर्ष ६ गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त

नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू

बाँके । ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना

शिक्षक नियुक्तिमा अनियमितता गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको एक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्षसहित

प्रहरी प्रधान कार्यालयद्वारा ३७ जना एसपीको पदस्थापन, को कहाँ ?(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ