उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश



विराटनगर । जिल्ला अदालत मोरङले उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आइतबार न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आदेशलगत्तै रौनियारलाई कारागार चलान गरिएको छ ।

उक्त सहकारीको ठगी मुद्दामा संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि अभियुक्त हुन् ।

उनी भने यसअघि नै घरौटीमा रिहा भएकी छन् । उक्त सहकारीबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ अपचलन भएको प्रहरी दाबी छ । रौनियार र पोखरेलसहित २६ जनालाई प्रतिबादी बनाएर मुद्दा दर्ता भएको छ । मुद्दा दायर भएका मध्ये २१ जना अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिपरको ठक्करबाट तनहुँमा आमाको मृत्यु, छोरा घाइते

  तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आइतबार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

कञ्चनपुरमा पाटेबाघ मृत फेला

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आइतबार पाटेबाघ मृत फेला

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

जनवरीमा भारतबाट भित्रिए २० हजार पयर्टक, चीनबाट आठ हजार

काठमाडौं । सन् २०२५ को पहिलो महिना जनवरीमा करिव ८० हजार पर्यटक नेपाल