काठमाडौं महानगरपालिकाद्वारा सहिद दिवसमा सहिद स्मारक पार्कमा स्मृतिसभा आयोजना(फोटोफिचर)



काठमाडौँ । सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौँको लैनचौरस्थित सहिदपार्कमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा आयोजना गरिएको छ ।

स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि जमल, कान्तिपथ, केशरमहल हुँदै लैनचौर पुगेको थियो ।

श्रद्धाञ्जली सभामा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सहिदहरुको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशीलोकतन्त्रजोगाउन नेतृत्वतहको साझामत हुनुपर्ने बताइन् ।

राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरु विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथ प्रदर्शक भएको उनको भनाइ थियो ।

माफी मागेर शासक सामु झुक्नुभन्दाप्रजातन्त्रका लागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आएको छ ।

वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्वमा गठित समितिले सहिद सप्ताह कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसवर्ष माघ १० अर्थात् पहिलो दिन शुक्रराजशास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदीकिनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थान रहेका सहिदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।

४ सहिदका सालिकमध्ये महानगरपालिकाले २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक स्थापना गरेको हो ।

राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेबीचमा ४ जना सहिदलाई प्राणदण्ड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको टुँडिखेलमा आयोजित सोनाम ल्होछार कार्यक्रम(फोटोफिचर)

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ

गान्धीजीको अन्तिम उपवास र हत्याको दु:खद् घटना

-सञ्जय पन्थी महात्मा गान्धी जीवनका अन्तिम दिन साह्रै निराश हुन पुगेका थिए ।

पोखरा–मुग्लिन आयोजनाअन्तर्गत पोखरा–जामुने खण्डमा २८ किलोमिटर कालोपत्र

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ

ओखलढुंगाको मानेभञ्ज्याङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

  खोटाङ । खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ