महाभारत जङ्गलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला



काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो आजदेखि नियन्त्रणमा आएको छ ।

गत मङ्गलबार दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलबाट आगलागी सुरु भएको थियो ।

डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि बस्ती जोगाउने उद्देश्यका साथ शुक्रबार हेलिप्टरबाट रमितेडाँडा र ज्वानेथुम्काको आगलागी निभाइएको थियो ।

केही दिनअघिसम्म डढेलोले भीषण रूप लिए पनि हाल नियन्त्रणमा आएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अधिकृत चिनिकाजी श्रेष्ठले हेलिकप्टरसँगै सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको जानकारी दिए । एक हप्तापछि डढेलो नियन्त्रणमा आए पनि केही ठूलो रुखका ठुँटाहरूमा धुवाँ आइरहेको उनले बताए ।

खानीखोला र बेथानचोक गाउँपालिकाका पाँच सामुदायिक वनको करिब एक सय हेक्टर वन डढेलोबाट धेरै क्षति भएको जनाइएको छ ।

श्रेष्ठका अनुसार थामलेकस्थित चिसापानी सामुदायिक वन, मूलडाँडा चोरण्डे सामुदायिक वन, जनजागृति सामुदायिक वन, बेथानचोक नारायणस्थान सामुदायिक वन तथा नारायणस्थान सामुदायिक वन आगलागीबाट धेरै क्षति भएको भएको छ ।

यसैबीच, पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थानमा आगलागीपछि बुधबारबाट आवतजावतमा रोक लगाइएकामा आजदेखि खुला गरिएको छ ।

आगलागी नियन्त्रणमा आएसँगै उक्त क्षेत्रमा जान खुला गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । उनका नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ को वन क्षेत्र जोखिममा भएकाले त्यस क्षेत्रमा नजान आन्तरिक एवं बाह्य पर्यटकलाई रोक लगाइएको थियो ।

यस्तै, आगलागीबाट पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जङ्गली जनावरमा क्षति पुगेको अनुमान गरिएको छ । त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रुख, जङ्गली जनावर तथा चराको बासस्थानबारे अनुगमन गरिने वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख

महोत्तरी । ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्रयो) मोतियाविन्दुले टालिएको

सहिद दिवस मनाइँदै

काठमाडौँ । आज सहिद दिवस । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका

कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान

मोरङ । कोशी प्रदेश सरकारले पहिचानवादीलाई वार्तामा आउन  आह्वान गरेको छ । कोशी

प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण