निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड



काठमाडौं ।  राष्ट्रिय सभाका सांसदहरूले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबारको बैठकमा सांसदहरूले निकुञ्ज क्षेत्रभित्र हेलिप्याड निर्माण, उडान तथा अवतरणलाई थप व्यवस्थित गर्नुपर्ने धारणा राखेका हुन्।

सांसद गोमादेवी तिमल्सिनाले सरकारले पूर्वाधार विकासका क्षेत्रमा काम अगाडि बढाउँदै गर्दा प्राकृतिक सम्पदालाई जोगाउने र स्थानीय जनताको चाहनालाई पनि ध्यान दिनुपर्नेमा जोड दिइन्। उनले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा राखिन्।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले सरकारले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई जोगाउँदै त्यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए। सांसद नरबहादुर विष्टले निकुञ्ज र मध्यवर्ती क्षेत्रहरूमा होटेल र अन्य व्यवसाय सञ्चालन, पर्या–पर्यटन प्रवर्द्धनलगायत विषयलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

यसैगरी, सांसद युवराज शर्माले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, दहत्तर, बहत्तर)को उपभोग, बिक्री–वितरणलाई व्यवस्थापन गर्नुका साथै मध्यवर्ती क्षेत्रभित्र र बाहिर प्रयोग हुने नदीजन्य पदार्थको मूल्यमा एकरूपता हुनुपर्ने बताए।

सांसद रेनु चन्दले सम्बन्धित प्रदेश र स्थानीय तहले वन तथा वातावरणसम्बन्धी कानुन तर्जुमा गर्ने सम्बन्धमा त्यस क्षेत्रका निकुञ्ज कार्यालयका प्रतिनिधिसँग छलफल गरी अघि बढ्नुपर्ने धारणा राखिन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

नेपाल इयूको सुरक्षा सूचीबाट छिट्टै हट्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल