नेपाल र चीनका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन



हुम्ला । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका-५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुगमन गरिएको हो ।

दुई देशका सुरक्षाकर्मीको निर्णयानुसार हिल्सास्थित किट क्षेत्रमा पर्ने सिमाना र सीमा स्तम्भको संयुक्त अनुगमन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर ओझाले बताए । हिल्सादेखि किटसम्म अत्याधिक चिसो रहेको जनाइएको छ । सिमानाकामा अवाञ्छित घटना हुन नदिन, सीमा स्तम्भको अवस्था बुझ्न र सुरक्षाकर्मीबीच एकापसमा समन्वय बढाउन संयुक्त अनुगमन गरिएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज राईले जानकारी दिए ।

त्यसैगरी, हिल्साबाट नारा र लिमीतर्फ पनि नेपाली सुरक्षाकर्मीले गस्ती गर्ने कार्य गर्दै आएका छन् । टोलीमा चीनको तर्फबाट चिनियाँ सुरक्षाकर्मी र नेपालबाट सशस्त्र प्रहरी बल र जनपद प्रहरीको सहभागिता थियो ।

विसं २०७७ मा उत्तरी सीमा हिल्सानाकामा सशस्त्र प्रहरी बल स्थापना भएदेखि सीमा सुरक्षामा खटिँदै आएको छ । हिउँदयाममा उत्तरी नाम्खामा हिमपात भएर यारी, हिल्सा आवतजावत बन्द हुने भए पनि बाह्रै महिना सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरी नायब उपरीक्षक राईले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत फेला परेकी छन्

सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई कामदार बेपत्ता

कर्णाली । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

चितवनमा रविमाथि अभियोजन गर्ने सरकारी वकिलमाथि छानबिन सुरु

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई