पश्चिम रुकुममा चार दिनअघि भागेर विवाह गरेका एकजोडी मृत फेला



रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणीमा एकजोडी मृत फेला परेका छन् । त्रिवेणी गाउँपालिका –४ खुम्चेरीमा युवा र एक युवती शनिबार बिहान एउटैका कोठामा मृत फेला परेका हुन् ।

वडाअध्यक्ष नन्नराम बाँठाका अनुसार सोही वडाका टेकबहादुर खड्काको छोरा लोकेन्द्र खड्का र वडा नम्वर ६ की सपना पुन मगर लोकेन्द्रको घरमा मृत फेला परेका हुन् । दुबै जना १९ वर्षका थिए । प्रहरीकाअनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा रहेका थिए भने सपना भुइँमा मृत भेटिएकी थिइन् ।

चार दिन अघि विवाहको लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए । लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारको लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानूनी प्रक्रिया सूरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकासहित ठाउँठाउँमा वर्षा

काठमाडौँ । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । हाल गण्डकी

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन-संवादः विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी

३२ क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

  काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा