प्रचण्डले लिए थारु परिकार ढिक्रीको स्वाद
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थारु परिकार ढिक्रीको स्वाद लिएका छन् । दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्रीको स्वाद दिलएका हुन् ।
दाङको घोराही–धारापानीमा मर्निङ वाकपछि प्रचण्डले नेता तथा कार्यकर्ताको साथमा बसेर ढिक्री खाएका छन् । थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ।
यो विशेष गरी चामलको पिठोको ढिक्री बनाउने प्रचलन छ भने त्यसको अलवा गहुँ, जौँ र मकैको पिठोको पनि बनाउने गरिन्छ । केही दिनअघि प्रचण्डले विराटनगरमा राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका थिए ।