लाजिम्पाटमा व्यवसायी लामामाथि आक्रमण गरी फरार दुई आरोपी भारतबाट पक्राउ



काठमाडौं । काठमाडौंको लाजिम्पाटमा विक्रम लामामाथि आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

प्रहरीले विक्रममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई भारतको हरियाणाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले केही दिनअघि काठमाडौंको लाजिम्पाटमा आक्रमण भएको थियो ।

११ कात्तिकमा लामामाथि रड आक्रमण भएको थियो । यस घटनामा यसअघि पक्राउ परेकामध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको जलगाउ रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या सात पुगेको

हेलिकोप्टरमार्फत यसरी निभाइँदैछ काभ्रेको महाभारत जंगलमा लागेको आगो(भिडियोसहित)

काभ्रे । गत मंगलबारदेखि काभ्रेको महाभारत जंगलमा लागेको आगो शुक्रबारदेखि हेलिकोप्टरबाट निभाउन थालिएको

राप्रपाले केन्द्रीय कार्यसमिति बैठकमार्फत सरकारको कामको समीक्षा गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । माघ १३ गते