गोरखामा पानीको कुवामा डुबेर वृद्धाको मृत्यु



गोरखा । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।

करिब पाँच फिट गहिरो कुँवामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ ।

घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताउनुभयो । परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी प्रहरी निरीक्षक शर्माले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको जलगाउ रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या सात पुगेको

हेलिकोप्टरमार्फत यसरी निभाइँदैछ काभ्रेको महाभारत जंगलमा लागेको आगो(भिडियोसहित)

काभ्रे । गत मंगलबारदेखि काभ्रेको महाभारत जंगलमा लागेको आगो शुक्रबारदेखि हेलिकोप्टरबाट निभाउन थालिएको

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण

तस्बिरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन। विसंं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति