देशभक्त छोरो मर्दा देशै रूँदो रैछ…



गण्डकी। उपचारका क्रममा भारतको एक अस्पतालमा मंगलबार निधन भएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ।

सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल म्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सयौं मानिस उपस्थित थिए।

पूर्वप्रधानमन्त्री नेपालले दिवंगत शर्माको घर र अन्त्येष्टिस्थलमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सो क्रममा उनले नेपालको राजनीतिक आन्दोलनले असल र निष्ठावान नेतालाई गुमाएको बताए।

अढसठ्ठी वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको उनको भनाइ थियो। मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवंगत भएर गए पनि उसका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताए।

जेबी टुहुरेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, देशभक्त छोरो मर्दा देशै रूँदो रैछ’ सम्झँदै उनले शर्माको निधनको खबर सुन्ने जोकोही मर्माहत भएको बताए। पूवप्रधानमन्त्री नेपालले आगामी ससंद् बैठकमा दिवंगत शर्माप्रति श्रद्धाञ्जलीसहित सम्मान गरिनुपर्ने बताए।

देश र जनताप्रति जीवन समर्पित गर्नेहरू सधैँ प्रंशसायोग्य रहने भन्दै उनले शर्मा पनि आफ्ना व्यवहार र आचरणका कारण जनतामाझ लोकप्रिय रहेको बताए। विसं २०६४ को पहिलो संविधानसभा चुनावमा बागलुङ-१ बाट निर्वाचित शर्मा बागलुङको कम्युनिष्ट आन्दोलनको अगुवा नेताका रूपमा चिनिन्छन्। पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील रहेका उनी संविधानसभाको पहिलो कार्यकालमा ऊर्जा राज्यमन्त्री भएका थिए।

उनी कुशल संगठक र विकासप्रेमी नेताका रूपमा परिचित थिए। शर्माले पञ्चायतकालमा बागलुङमा तत्कालीन नेकपा (माले) स्थापना र संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले पञ्चायतविरोधी आन्दोलनमा मालेका तत्कालीन नेता गोविन्द अधिकारी, मोहनलाल शर्मा, नरबहादुर थापालगायतसँग मिलेर काम गरेका थिए।

शर्माले नेकपा (एमाले) बागलुङको सचिवका रूपमा १५ वर्ष, धवलागिरि इञ्जार्ज र केन्द्रीय सदस्यका रूपमा पनि जिम्मेवारी पूरा गरेका थिए। मिर्गाैला प्रत्यारोपणका लागि भारत गएका शर्माको उपचारकै क्रममा निधन भएको थियो। शर्माका श्रीमती, दुई छोरा र छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । माघ १३ गते

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण

तस्बिरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन। विसंं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति

आहारा खोज्दै चखेवाका बथान

नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै