गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट



गोरखा ।गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बिहीबार साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीन वटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।

खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको उनले बताए।

आगलागीबाट छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिए।

त्यस्तै, एउटा घरको भुईं तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ। सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगलागीको जानकारी प्राप्त भएलगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीय बासिन्दा मिलेर आगो निभाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद