बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा नेपाली व्यवसायी सुजन कटुवाल



 

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन् ।

कटुवालले पटकपटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ ।

यो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरू समेत रहेका छन् ।

कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक हुनुहुन्छ । बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ कटुवालले दुई पटक छ सय माइलको पैदल यात्रा गर्नुभएको थियो । गैरसरकारी संस्था कम्ब्याट स्ट्रेसले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

त्यस्तै कटुवालले कोरोना सङ्क्रमणकालमा सङ्कटमा परेकाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका थिए । पानस हेल्पिङ हेण्ड्स च्यारिटीसमेत सञ्चालन गरिरहेका कटुवालले ‘कोभिड लकडाउन’ का समयमा एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनबहादुर वली लाओको राजदूत नियुक्त

काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई लाओको पनि जिम्मेवारी दिइएको

भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा, साउथ सुडान विश्वकै भ्रष्टाचार गर्ने मुलुक

काठमाडौं । नेपाल भ्रष्टाचारको सूचकांकमा एक स्थान खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार

वाग्मती पुलको बिम चर्किएपछि मर्मत सुरु

रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको बागमती नदीको

सानदार मः म पसलमा सिलिण्डर विष्फोट भइ आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका