वीरगञ्जमा स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु



 

वीरगञ्ज । स्कुल बसको ठक्करले वीरगञ्जमा मंगलबार एक जना साइकल यात्रुको मृत्यु भएको छ । तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसको ठक्करले  बाराको फेटा गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो । उक्त बसले साइकल यात्री अन्सारीलाई वीरगञ्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो ।

बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारको लागि नारायणी अस्पतालमा पुर्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले  जनाएको छ ।

पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र सवारीसाधन बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

ढोरपाटन (बागलुङ) । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ ।

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

प्रगति ढकाल, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका

गैँडाको आक्रमणबाट भरतपुरमा एकजनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको