आकर्षक रोजगारीको प्रलोभनमा परी कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नआउन नेपाली दूतावासको आग्रह



काठमाडौं ।  नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ।

दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत  आग्रह गरेको छ।

दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुन बिपरित छिटो धेरै पैसा कमाउने हेतुले कम्वोडिया लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा बैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको

जेठ २० देखि २४ गतेसम्म कर्णाली राजमार्ग बन्द हुने

कालिकोट । कर्णाली राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ ।

सप्तरीमा हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

सप्तरी । सप्तरीमा शनिबार बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको

व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता

भक्तपुर । चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको