सोलुखुम्बुमा भिरमा खसेका जर्मन नागरिकको यसरी गरियो उद्दार(फोटोफिचर)



सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा बाटो बिराएर भिरमा अड्किएका जर्मन नागरिकलाई प्रहरीले उद्दार गरेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ३ टोकटोक र बैंकर बीचको जंगलमा चिप्लिएर भिरमा अड्किएका जर्मन नागरिक ४१ वर्षीय माइकल हेनरिकको प्रहरीले उद्दार गरेको हो ।

सगरमाथा आधार शिविर भ्रमण गरी लुक्लातर्फ फर्कने क्रममा बाटो बिर्सिएर खच्चड हिँड्ने पुरानो बाटोमा हिँड्दा चिप्लिएर उनी भिरमा अड्किएका थिए ।

यो खबर पाएपछि तत्काल प्रहरी चौकी नाचिपाङ (फाग्दिन) बाट गएको प्रहरी टोलीले उनको सकुसल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले उनको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान, नयाँ सम्झौताका लागि समिति गठन

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको चार वर्षदेखिको विवाद सुल्झिएको छ ।

राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । त्यस

पाँच जना पूर्वप्रशासक र एक भारतीयको दुई अर्ब बराबरको सम्पत्ति जफत गर्ने सरकारको तयारी

  काठमाडौँ । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन

नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

काठमाडौँ । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा