वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम



सिरहा। जिल्लास्थित डिभिजन वन कार्यालयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन सुरु गरेको छ । लहानमा आयोजित तीन दिने ‘कानुनी कार्यविधि’ तालिमको आज जिल्ला अदालत सिराहाका न्यायाधीश माधवप्रसाद मैनालीले उद्घाटन गरेका हुन् ।

न्यायाधीश मैनालीले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन तालिमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

‘कतिपय कानुन वन ऐनमा व्यवस्था नभएको हुन सक्छन् । त्यस बेला वन ऐनबाहेक सामान्य कानुन आकर्षित हुन्छन्’, उनले भने, ‘काम गर्ने क्रममा हुनसक्ने अप्ठ्यारा फुकाई सहज र सरल बाटो पहिचान गर्न यस तालिम फलदायी हुन्छ भन्ने विश्वास लिएको छु ।’

अदालतमा मुद्दा दायर गर्दा हुने कमीकमजोरीका सम्बन्धमा प्रस्ट पार्ने उद्देश्यले तालिम आयोजना गरिएको जिल्ला डिभिजन वन कार्यलयका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए । उनले आमनागरिकबीच वन कार्यालयप्रति विश्वास कायम राखिराख्न र सम्भावित कानुनी त्रुटिलाई न्यूनीकरण गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

सिरहामा एउटा डिभिजन वन कार्यालय र छ वटा सव–डिभिजन वन कार्यालय छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कानुनी तालिमको प्रशिक्षण जिल्ला अदालत सिराहाका न्यायाधीश, रेक्टर तथा इलाका प्रहरी कार्यालय लहानका अधिकृतले दिनेछन् ।

डिभिजन वन कार्यालयसहित सव–डिभिजन वन कार्यालय बन्दीपुर, सिरहा, मिर्चैया, चोहर्वा, धनगढी माई र लहानका गरी २७ जना कर्मचारी तालिममा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माधव नेपाल भन्छन्-दुई दलको गठबन्धन रहेसम्म सरकार ढल्दैन

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष  माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको

सामाजिक सञ्जाल विधेयकप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग

डिल्लीबजार कारागारबाट फरार अभियुक्त १४ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका फरार अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको

मूर्तिकार बलिराम पण्डितको जोशजाँगरः जसले महायज्ञका लागि बनाउँदैछन् १०११ मूर्ति

वीरगञ्ज । उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोए पनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर