जाडोमा जेष्ठ नागरिकलाई कसरी जोगाउने ?
–डा.लछी सिंह
हिजोआज नेपालमा दिनप्रतिदिन जाडोको तामक्रम बढ्दै गइरहेको छ । हाम्रो देशमा सात प्रतिशतले भन्दाबढी संख्याले ओगटेको जेष्ठ नागरिक जाडोमा कसरी जोगाउने भन्ने समस्या धेरैजसोलाई लागेको छ होला । तर मलाई पनि सबैभन्दा बढी चिन्ता सडक आश्रित जेष्ठ नागरिक र दीर्घ रोगले पीडित भएका जेष्ठ नागरिको छ । आफूले सकेको सहयोग जेष्ठ नागरिकलाई गर्नुहोला भने अनुरोध गर्दछु । जेष्ठ नागरिकको जाडोमा हुने प्रमुख समस्याहरु जनकारीका लागि तल उल्लेख गरिएको छ । जाडोमा हुने संक्रमणहरु वा फ्लू यस प्रकार छन् । ज्वरो आउनु, टाउ को दुख्नु, जिउ र मासपेशीदुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाकबन्द हुनु वा सिंगान बग्नु, थकान महसुस हुनु, आदि ।
जाडोमा जेष्ठ नागरिकका प्रमुख समस्याहरु :
निमोनियाः जाडो मौसममा जेष्ठ नागरिकमा देखिने बढी समस्या भनेको निमोनिया हो । जेष्ठ नारिकमा रोगसँग लड्न् प्रतिरोधात्मक क्षमता कम हुने हुँदा छिटो रोगले समात्ने भएकाले जेष्ठ नागरिक बढी पीडित हुने गर्दछन् ।
दमः यो दीर्घरोग हो । जाडो समयमा यो रोगका बिरामी बढी पीडित हुने गर्दछन् । यस रोगले फोक्सोले सक्रमण गर्ने भएकाले श्वासप्रश्वास सम्बन्धी समस्या बढ्ने हुन्छ । हामीले त्यसको उपचार ठीक समयमा गर्नु पर्दछ ।
उच्च रक्तचापः जाडोमा उच्च रक्तचाप बढ्ने गर्छ । यसको मुख्यकारण जाडो मौसममा पानी पिउने काम कम गर्ने भएकाले रगत बाक्लो भएर जाने भएकाले रक्ताचाप बढ्ने कार्य हुन्छ । यसले गर्दा दीर्घरोग बढ्नुका साथै हृदयघात र मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ ।
जोर्नी दुख्ने समस्याः जाडो मोसममा जोर्नी दुख्ने समस्या बढी हुने भएकाले जोर्नी सुन्निने र दुख्ने गर्दछ । हामीले जेष्ठ नागरिकलाई विशेष ध्यानदिनु पर्ने हुन्छ ।
कठ्यांग्रिनेः जेष्ठ नागरिकहरु चिसोका कारणले दीर्घरोग बढ्ने हुन्छ । धुवाँ, धुलोका कणहरु बढ्ने भएकोले रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले चिसोमा विशेष ध्यान दिई उपचार समयमा गरानउन पर्दछ ।
मेरो छोटो अनुसन्धानले माथि उल्लेखित समस्याहरु काठमाडौं उपत्यकाका सडक आीश्रत जेष्ठ नागरिकहरुमा देखिएको समस्याहरु भएकोले मैले सबैलाई यसैबाट अनुरोध गरेको छु । म पनि सडक आश्रित मानवमुक्त अभियान नेपाल संस्थासँग सानो साइनोमा जोडिएको छु । मैले सक्ने भए सडक आश्रित जेष्ठ नागरिकहरुलाई चाहिएको सहयोग समयमा दिने व्यवस्था गर्थेंहोला तर म स्थानीय सरकारलाई यसै लेखबाट अनुरोध गरेको छु ।
सकेसम्म महानगरपालिका र नगरपालिकाहरुले सडक आश्रित जेष्ठ नागरिकहरुलाई केही बजेट पारित गरि यस जाडोमा सडक आश्रित जेष्ठ नागरिकहरुलाई राहतको रुपमा सहयोग गर्यो भने असली समाजवाद स्थापना नेपालमा पनि हुनेछ । स्थानीय सरकारले चोहमा मैले पनि त्यो कार्यमा सहभागी हुने इच्छा राखेको छु । मेरो अर्को लेख अर्को डायरीको पानाबाट आउने विश्वासका साथआज मेरो कलम यही रोक्दछु । धन्यवाद ।
(लेखक हार्टक्लब नेपाल ललितपुर शाखाका सभापति हुन्)