कञ्चनपुरमा बीमाको रकम खान भारतीय युवकसँग मिलेर श्रीमतीद्वारा श्रीमानको हत्या



महेन्द्रनगर । कञ्चनपुरमा एक महिलाले भारतीयसँग मिलेर आफ्नै पतिको हत्या गरेको खुलेको छ । कञ्चपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको रहस्यमय मृत्यु भएको थियो । यस प्रकरणमा प्रकरणमा फरार रहेका अभियुक्त भारतीय नागरिक फारुखलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार गत मंसिर १३ गते सियाराम रानाको शव आफ्नै घरको शौचालयमा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा शवको अवस्थाले लडेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको टाउकोमा गहिरो चोटपटक पाइएको थियो ।

थप अनुसन्धानका क्रममा सुत्ने कोठामा रगतका छिटाहरू, रगत लागेको ईट्टा, र दराजभित्र रगतले भिजेका कपडा फेला परेको थियो ।

त्यसपछि घटनाको अनुसन्धानका क्रममा मृतककी श्रीमती जनक कुमारी रानाले इँट्टाले प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन् । तर घटनाको प्रमुख योजनाकार भारतीय नागरिक फारुख रहेको र उनको सल्लाहमा हत्या गरिएको खुलेको छ। प्रहरीले जनक कुमारीलाई मंसिर ८ गते अदालतले पुर्पक्षमा थुनामा पठाउने आदेश दिएको थियो । उनी अहिले थुनामा छिन् ।

तर फारुख भने फरार थिए । प्रहरीको उनलाई भारतको उत्तर प्रदेशबाट पक्राउ गरी पुस २८ गते नेपाल ल्याएको थियो । प्रहरीको सोधपुछका क्रममा फारुखले मृतक सियाराम रानाको जीवन बीमा र सम्पत्तिमा दाबी गर्ने उद्देश्यले श्रीमती जनक कुमारीसँग मिलेर हत्या योजना बनाएको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

मौलिक पोसाक भाडामा लगाएर आम्दानी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय

जाडोमा जेष्ठ नागरिकलाई कसरी जोगाउने ?

–डा.लछी सिंह हिजोआज नेपालमा दिनप्रतिदिन जाडोको तामक्रम बढ्दै गइरहेको छ । हाम्रो देशमा

पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक

भोजपुर। दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको