काठमाडौँ भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय



काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावरको नक्सा पासको प्रक्रिया निष्क्रिय बनाएको छ ।

महानगरले आइतबार सूचना प्रकाशित गरी नक्सा पासको प्रक्रिया निष्क्रिय बनाएको जनाएको छ । सूचनामा भनिएको छ, ‘काठमाडौ भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानविन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानविन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ ।’

महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स बीच २०७१ फागुन २२ मा भ्युटावर निर्माणका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार काम नगरेको भन्दै नक्सा पास प्रक्रिया रोकिरहेको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमार्फत नक्सा पासको काम भएको भन्दै महानगरले उनलाई बिदामा बस्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् नेपाल–भारत अन्तरसरकारी समितिको बैठकमा भएका सहमतिका विषय

  काठमाडौँ । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी भारत–नेपाल अन्तरसरकारी

चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द

बागलुङ । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन्

नेपाल प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना एसएसपी डीआईजीमा बढुवा भएका छन् । गत

सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा कांग्रेसको आपत्ति

  काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली