रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउन अदालतको आदेश



काठमाडौँ । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

आइतबार अदालतमा उपस्थित भएका लामिछानेलाई जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।

आइतबार अदालतमा उपस्थित भएका लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि उनका पक्षका कानुन व्यवसायी पुगेपनि सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने इजलासमा बताएपछि उनलाई प्रहरीको जिम्मा लगाउन आदेश भएको हो ।

अदालतको आदेशपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

उनी पुस २५ मा कास्की अदालतबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए । आफैं अदालतमा उपस्थित हुने बताएपछि उनलाई प्रहरीले पुनः पक्राउ गरेको थिएन ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई सहयोग गर्न मैले किन पत्र लेखें ?

सुमना श्रेष्ठ । साथीहरू कुनै भ्रममा नपर्नुहोला । आफ्नाले जे गरे पनि ठिक

काठमाडौँ भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्युटावरको नक्सा पासको प्रक्रिया निष्क्रिय

उर्जामन्त्रीले गठन गरेको समितिमाथि प्रश्न उठाउँदै कुलमानले दिए नौ बुँदे स्पष्टीकरणको यस्तो जवाफ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ

शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरूको समस्या समाधान