माघे सङ्क्रान्ति नजिकिँदै गर्दा कालीमाटी तरकारी बजारमा तरुलको व्यापार बढ्दो(फोटोफिचर)
काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा तरुल खरिद गर्दै उपभोक्ता । कालीमाटी बजारमा प्रतिकेजी तरुल ८० देखि १०० रुपैयाँसम्ममा बिक्री भएको व्यापारी बताउँछन् । माघे सङ्क्रान्ति नजिकिदै गर्दा बजारमा तरुल प्रशस्त भित्रिएको छ । माघे सङ्क्रान्तिका दिन घिउ, चाकु, तिलको लड्डुसँगै तरुल खाने परम्परा रहेको छ । यी खाने कुराहरु खाएमा शरीर न्यानो हुने जनविश्वास रहेको छ ।
तस्बिर: हरिराम भेटुवाल, चन्द्रकला क्षेत्री/रासस