पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन



नवलपरासी । पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो ।

निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएको बताउँदै उनले सवारीसाधनलाई सवारी पासको आधारमा आलोपालो सञ्चालनमा ल्याइएको उल्लेख गरे ।

सूचना अधिकारी बोहराले बुटवल–नारायणगढमा निर्माण भइरहेका दाउन्ने क्षेत्रमा एकतर्फी सडक सञ्चालन चुनौतीपूर्ण बनेको बताए । मङ्गलबारदेखि पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु, लगातारको शीतलहरले यात्रा चुनौतीपूर्ण बनेपछि आज बिहान उक्त खण्डमा सवारी आवागमन राकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुईतर्फी सडक सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, प्रहरी, स्थानीयलगायतले निरन्तर सडक मर्मत र सफा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच

खोटाङको बुइपाका चार टोलमा आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध

खोटाङ । खोटाङको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित चार वटा टोलका स्थानीयले आयातित

सुक्खा हिउँद र सन्निकट सङ्कट, सुक्खा बढ्दा उत्पादनमा ह्रास आउने खतरा

–प्रगति ढकाल, काठमाडौं । सामान्यतः हिउँदमा पानी पर्नु नियमित चक्र नै हो तर

मध्यपहाडी लोकमार्गको कास्की-बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर