रावल, पाण्डे र तिम्सिनामाथिको कारबाही एमाले केन्द्रीय कमिटीद्वारा अनुमोदन



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निष्कासन गर्ने र स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे तथा केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनाको कारबाहीलाई अनुमोदन गरेको छ ।

आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकले तीन नेतामाथि कारबाही गर्ने पुस ११ गतेको सचिवालय बैठकको निर्णय अनुमोदन गरेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकको निर्णय सर्वसम्मत अनुमोदन भएको जानकारी दिए ।

सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिने निर्णयको विरोध गर्ने तीन नेतामाथि कारबाही गर्ने निर्णय गरेको थियो । बैठकले रावललालाई पार्टीबाट निस्कासन र पाण्डे र तिम्सिनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

सोलुखुम्बु ।  मंगलबार विहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु

ललितपुरको कल सेन्टरमा सीआइबीको छापा, ५३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा

ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरका सिडिओ भन्छन्-भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको सूचना आएको छैन

विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प

लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन

लमजुङ । चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ