स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता, दुई अर्ब ४१ करोड बिगो माग



काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले रविसहित ३९ जनाविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

उनीहरुविरुद्ध दुई अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको छ । लामिछाने र गोर्खा मिडियाका सञ्चालक जीबी राईविरुद्ध मात्रै पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यसअघि यो प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर यही पुस १८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले ३९ जनालाई मात्रै प्रतिवादी बनाएको हो ।

रवि पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले शान्ति प्रक्रिया टुंगिन लागेका बेला रोक्ने काम गरेको छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया माओवादीलाई सिध्याउने

बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  नवलपरासी । बाक्लो हुस्सुका कारण  पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ

निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्य र बक्यौता रकम भुक्तानीका लागि प्रधानमन्त्रीलाई उद्योगीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको

आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

  काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर