स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता, दुई अर्ब ४१ करोड बिगो माग



काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले रविसहित ३९ जनाविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

उनीहरुविरुद्ध दुई अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको छ । लामिछाने र गोर्खा मिडियाका सञ्चालक जीबी राईविरुद्ध मात्रै पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यसअघि यो प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर यही पुस १८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले ३९ जनालाई मात्रै प्रतिवादी बनाएको हो ।

रवि पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटामा पहिला तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ, त्यसपछि विश्वविद्यालयः स्वास्थ्यमन्त्री पौडेल

  कैलाली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

सोलुखुम्बु ।  मंगलबार विहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु

ललितपुरको कल सेन्टरमा सीआइबीको छापा, ५३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

  काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र