प्राकृतिक विपदबाट भएको क्षतिको १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी



काठमाडौं ।  गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी भएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दावीको रु एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार एक सय ५४ बराबर भुक्तानी भएको छ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमामा एक हजार सात सय ७४ वटा दावी परेको छ । रु नौ अर्ब २२ करोड २५ लाख ५६ हजार दुई सय २८ बराबरको दावी सम्पत्ति बीमामा परेको छ । यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा तीन सय २४ वटा दावी परेको छ । त्यसमा रु दुई अर्ब ८४ करोड १९ लाख २६ हजार पाँच सय ९२ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ।

मोटर बीमा निजीतर्फ नौ सय ५४ वटा आवेदन परेको छ । त्यसमा रु ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ। मोटर बीमा सार्वजनिकतर्फ तीन सय ९३ वटाको आवेदन परेको छ।

त्यसमा रु २८ करोड ९९ लाख १६ हजार बराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा रु चार करोड चार लाख ९७ हजार बराबरको रकम माग भएको छ । पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा रु तीन करोड ८२ लाख ५५ हजार दुई सय ६७ बराबरको रकम माग भएको छ।

कृषि बाली बीमातर्फ एक सय ३७ वटा आवेदन पर्दा रु एक करोड पाँच लाख ९१ हजार छ सय ९५ बराबरको माग दावी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा रु ७५ लाख ९९ हजार सात सय ६७ बराबरको माग दावी भएको छ । प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दावी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ।

बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा तीन हजार दुई सय १३ माग दावी रहेकामा एक हजार पाँच सय ८५ वटाको बभुक्तानी भएको छ । गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ।

कर्णालीमा आठ वटा आवेदन पर्दा चार वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा छ वटा आवेदन पर्दा तीन वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौँ । माघेसङ्क्रान्ति नजिकिएसँगै टोखा बजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसङ्क्रान्ति

चिसोसँगै काठमाडौँ उपत्यकामा बढ्यो वायु प्रदूषण

काठमाडौं। अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ। ‘एयर क्वालिटी

भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि…

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।

पाँच महिनाको अवधिमा जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु , ५९९ घाइते

काठमाडौँ । पछिल्लो पाँच महिनाको अवधिमा बाघ, गैँडा, हात्ती, सर्प,र भालुको आक्रमणबाट ८३