एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा विशेष निगरानी गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय



काठमाडौं । सरकारले एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा कडाई गर्ने भएको छ । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल र छिमेकी देशका सीमानाकाहरुमा एमपक्स भित्रिन नदिन विशेष ख्याल गर्न र केही सूचना प्राप्त भएमा सम्बद्ध निकायमा रिपोर्ट गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

उनले अस्पतालहरुको सेवा सुधार र लाइन कम गर्नका लागि यथासम्भव उपाय अपनाउन भन्दै शल्यक्रियाका लागि बिरामीको चाप बढेमा एक अर्कामा सम्प्रेषण गर्ने आग्रह गरे ।

उनले अस्पतालहरुमा अब डिजिटल रिपोर्ट प्रदान गर्ने व्यवस्था लागु भएको भन्दै त्यसलाइ कडाइसाथ कार्यान्वयन गरेर सघाउनसमेत आग्रह गरे ।

बैठकले एमपक्स रोकथामका लागि सचेतना अपनाउँदै निगरानी प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै, शल्यक्रियाका बिरामीको चाप बढी भएका अस्पतालले एक आपसमा सहकार्य गर्दै बिरामीले कम समय कुर्नुपर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

अस्पतालको पूर्वतयारी तथा प्रतिकार्य योजना डिजिटल रुपमा अद्यावधिक गर्नेसमेत निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमबारदेखि आवासीय सुविधा

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

तन्नेरीले हाँकेको ‘परशुराम ’

टीकाराम सुनार, काठमाडौं ।  भरत बडायर जोशी, एक २८ वर्षीय युवक। भर्खरै चीनबाट