स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउन सिफारिस



काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी प्रकरणमा अनुसन्धान सकेर बिहीबार आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । लामो अनुसन्धानपछि प्रहरीले आज प्रतिवेदन बुझाएको हो ।

प्रहरीका अनुसार उक्त प्रतिवेदनमा प्रतिवादीहरुमाथि एक अर्ब १९ करोड बिगो कायम गर्नुपर्ने माग गरिएको छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ४४ जनामाथि नै पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । सङ्गठित रुपमा नै रकम ठगी भएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोजन प्रक्रिया अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै

बाँके । बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा

क्यानद्वारा यू–१९ महिला टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ महिला टी–२० विश्वकपका लागि नेपाली टोली

सर्वोच्च बारको अध्यक्षमा मेघराज पोखरेल विजयी

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा मेघराज पोखरेल विजयी भएका छन् ।

तीन पटक प्रधानमन्त्री हुँदा पनि माओवादीले जनतालाई के दिन्छ भन्ने प्रश्नै छः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको तीन ठूला दलले