सिएनएनको साहसी खेलाडीको सूचीमा पूर्णिमा श्रेष्ठ



काठमाडौँ । सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सिएनएनको साहसी खेलाडीको सूचीमा पर्न सफल भएकी छन् । फोटो पत्रकारसमेत रहेकी पूर्णिमा सिएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ट लिमिट इन २०२४’ को सूचीमा परेकी हुन् ।

विश्वप्रसिद्ध समाचार संस्था सिएनएनले यसवर्षको सूचीमा आफूलाई समेत चयन गरेकामा गौरवान्तित महसुस भएको आरोही श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।

‘यो वर्ष, सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो । यसै वर्ष म एउटै आरोहण याममा तीनपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एक मात्र पहिला बन्न सफल भएँ”, उनले भनेकी छन् ।

यस यात्रामा साथ र हौसला दिने परिवार, साथीहरु र सम्पूर्णलाई धन्यवाद दिँदै श्रेष्ठले आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरु र साहकिस यात्राको वर्ष बनोस् भनी शुभकामना व्यक्त गरेकी छन् ।

आरोही श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएका थिए ।

उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन् । श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा ।  जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती

नागढुङ्गा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन भौतिक पूर्वाधार मन्त्री दाहालको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा

ऊर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्बाट स्वीकृत, २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुल्यो

  काठमाडौँ । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८

एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा विमानस्थलमा आकस्मिक बैठक

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे