अछाममा कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी



अछाम ।  कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए ।

बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।

मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ । के कती कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाह भत्ता सरकारी सरह नदिए प्रतिकारमा उत्रने आवासीय चिकित्सकको चेतावनी, मन्त्री र आयोग उपाध्यक्षलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । आवासीय चिकित्सहरुले सरकारी सरह निर्वाह भत्ता नपाए आन्दोलन गर्ने चेतावनी दिएका

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा ।  जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती

नागढुङ्गा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन भौतिक पूर्वाधार मन्त्री दाहालको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा

ऊर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्बाट स्वीकृत, २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुल्यो

  काठमाडौँ । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८