तस्बिरमा हेर्नुस् सौराहामा आयोजित हात्ती तथा पर्यटन महोत्सव



चितवन । चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा बिहीबार बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८औँ संस्करणको महोत्सव सुरु भएको हो ।

महोत्सवको अवसर पारेर व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। व्यवसायीहरूले पुस १० देखि १६ गतेसम्म सौराहाका होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जनाएका छन् ।

महोत्सवमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी छन् । महोत्सवमा हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीहरूबीच गोष्ठी, अन्तक्रिया लगायतका कार्यक्रम हुनेछन्।

तस्बिरः चन्द्रकला क्षेत्री/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

भ्यानको ठक्करबाट नेपालगञ्जमा एक बालकको मृत्यु

  नेपालगञ्ज । नेपालगञ्जमा भ्यानको ठक्करबाट मगलबार एक जना बालकको मृत्यु भएको छ

ललितपुरको इमाडोलस्थित रङ पसलमा आगलागी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल