कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ‘ख’ बमोजिम बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो ।

बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको बैंक ‘ख’ वर्गको हो । अब अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ ‘ग’ बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिइएको जनाइएको छ ।

बैंक सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ ।

समूहले पुस ११ देखि उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । कर्णाली डेभलपमेन्ट बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएकोलगायतका समस्या देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब एमालेमा एआईले बुझाउनेछ अनुशासनको महत्व

  काठमाडौं । नेकपा एमालेले पार्टीका अनुशासनको महत्व बुझ्न एआईको साहारा लिएको छ

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

  काठमाडौँ  । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने

भक्तपुर । मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ । मध्यपुरथिमि

पार्टी नेतृत्वले पञ्चकै नक्कल गर्योः उषाकिरण तिम्सिना

काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सिनाले आफूविरुद्धको पार्टीले गरेको कारबाहीप्रति आपत्ति जनाएकी