रवि हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल रिहा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् ।

आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरीले जनाएको छ ।

लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला तस्बिर खिचेको स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए ।

हिरासत कक्षको तस्बिर त्यसरी सार्वजनिक हुनुमा सुरक्षा कमजोरी भएको भन्दै प्रहरीको आलोचना भएको थियो । त्यसपछि प्रहरीले भुसाललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

  काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा युरोपका केही देश र भारतको

सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्डका

सरकार तीन बुँदे सहमतिबाट पछि हट्न खोजेको भन्दै विप्लवको आपत्ति

काठमाडौँ । सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४

बचत अपचलनको अभियोगमा पोखराको संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

पोखरा । पोखराको संघर्षशील बचत तथा ऋण सहकारीका अध्यक्ष र सचिव पक्राउ परेका