आपराधिक समूहले नेपालीलाई जबरजस्ती अवैध कार्यमा लगाउने गरेकाले थाइल्याण्ड र म्यानमार जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी



काठमाडौं । सरकारले विभिन्न प्रलोभन देखाएर नेपाली युवाहरूलाई ठग्ने र अलपत्र पार्ने गरिएको भन्दै थाइल्याण्ड र म्यानमार नजान भन्दै नेपालीहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै ती देशहरूमा जबरजस्ती अवैध काममा लगाइएको पाइएको जनाएको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनहरु देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएई लगायतका मुलुकहरुमा रहेका नेपालीहरूलाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडी पुर्याएर जबरजस्ती अवैध काममा लगाएको विषय यसअघि पनि सार्वजनिक भएको थियो ।

तर त्यही प्रकृतिको गैरकानुनी कार्य भइरहेको पाइएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरुमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बचत अपचलनको अभियोगमा पोखराको संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

पोखरा । पोखराको संघर्षशील बचत तथा ऋण सहकारीका अध्यक्ष र सचिव पक्राउ परेका

रवि हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्बिर सार्वजनिक गरेको

संसद सचिवालयले टाँस्यो रवि लामिछानेको सांसद पद निलम्बनको सूचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ

न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई