भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सवइञ्जिनियर लालमान तामाङ विरुद्ध रु १० लाख ८९ हजार नौ सय ८९ बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी, रुबीभ्याली गाउँपालिकाका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गरिएको छ ।

स्थानीय पागोदेखि स्कूलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि रु १० लाख ८९ हजार नौ सय ८९ बराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भक्तपुरमा खोटाङका कुलप्रसाद आचार्यका बाबुछोरा मृत फेला

काठमाडौं । भक्तपुरको बालकोटमा बाबुछोरा मृत भेटिएका छन् । खोटाङ घर भएका ५६

एनपीएलको फाइनल खेलपछि साम्प्रदायिक सद्भाव बिथोल्न खोेजेको आरोपमा सुदूरपश्चिमका दुई युवा पक्राउ

काठमाडौं । गत शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनल खेलपछि

तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो

तेह्रथुम। तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ

पूर्वाधारको गुणस्तर कायम गराउन प्रयोगशाला परीक्षण र प्रतिवेदन विश्लेषणमा जोड दिएका छौँः उपप्रमुख डंगोल

काठमाडौँ । महानगरपालिकाबाट निर्माण भएका, मर्मत भएका सडकहरुको गुणस्तर परीक्षणका लागि कोर कटिङ