जग्गा यकिन नहुँदा बर्दिबास मेडिकल कलेज अनिश्चित



महोत्तरी । बर्दिबास मेडिकल कलेजका लागि जग्गा यकिन नहुँदा स्थानीय निराश भएका छन् । वन विभागले कलेजका लागि प्रस्तावित वनक्षेत्र एकलौटी रूपमा नदिने आशय व्यक्त गरेपछि आफ्नै गाउँठाउँमा शिक्षण अस्पताल बन्ने आशमा रहेकाहरु निराश भएका हुन् ।

कलेजका लागि प्रस्तावित जग्गा त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो । शिक्षा मन्त्रालय र वनविभागलाई निरन्तर घच्घच्च्याइएको मेडिकल कलेज आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदीले बताए ।

कलेज निर्माणका लागि प्रस्तावित बर्दिबास–४ को माइस्थानस्थित अटावे र भब्सी खोलाबीचको वनक्षेत्रको ४९ हेक्टर जग्गाबारे सर्वोच्च अदालतमा परेको मुद्दाले केही समय प्रक्रिया रोकिएको भए पनि मुद्दाको फैसला भएपछि अब प्रस्तावित जग्गा, काटिने रुख र तिनको सोधभर्नाबारे निर्णय हुनपर्ने उनले बताए ।

अदालतले प्रस्तावित जग्गाका रुख काटिदा पर्नसक्ने वातावरणीय प्रभावलाई दृष्टिगत गरी काटिो रुखभन्दा १० गुणा बढी रुख रोपेर हुर्काउने सर्तमा कलेज निर्माण गर्न आदेश दिएको छ । उक्त आदेशअनुसार बर्दिबास–५ टुटेश्वरधाममा २० हजार बिरुवा रोपिएका छन् । कलेजका लागि प्रस्तावित वनक्षेत्रमा रहेका एक हजार ९६७ रुखको सट्टा भर्नाका लागि बर्दिबास नगरक्षेत्रका विभिन्न ठाउँका पर्ति जग्गामा ३० हजार हाराहारीका बिरुवा रोपिएका छन् ।

सरकारले आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रममा कलेज निर्माणका निम्ति शिक्षा मन्त्रालयको अगुवाइमा जग्गा छनौटको कार्यदल बनाएको थियोभने २०७६ मा बर्दिबासमा बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना गरेको थियो । यसैबीच, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले यससम्बन्धमा सम्बद्ध पक्षसँग समन्वय गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फाइनल खेलपछि साम्प्रदायिक सद्भाव बिथोल्न खोेजेको आरोपमा सुदूरपश्चिमका दुई युवा पक्राउ

काठमाडौं । गत शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनल खेलपछि

तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो

तेह्रथुम। तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ

पूर्वाधारको गुणस्तर कायम गराउन प्रयोगशाला परीक्षण र प्रतिवेदन विश्लेषणमा जोड दिएका छौँः उपप्रमुख डंगोल

काठमाडौँ । महानगरपालिकाबाट निर्माण भएका, मर्मत भएका सडकहरुको गुणस्तर परीक्षणका लागि कोर कटिङ

एनपीएलले उघारेको सपना

डा. शोभाकर पराजुली देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपीएल) को