रमेश विकल वाङ्मय पुरस्कार थापालाई



काठमाडौं ।  नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार आरुबारीमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी मासिक एकसय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार तथा अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार चिनीमाया माझीलाई प्रदान गरियो ।

रमेश विकल कला–ंसङ्गीत पुरस्कार रामकृष्ण दुवाल तथा दर्शनाचार्य शोधसम्मान कमला रेग्मीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरूलाई दोसल्ला, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

समारोहमा स्व. विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्याससहित संयुक्त विद्यावारिधि शोध ग्रन्थका लागि डा. बिदुला घिमिरेलाई प्रोत्सहन पुरस्कार प्रदान गरिएको थियो । बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत ‘सुनौलो पाइला नेपाल’लाई सम्मान गरिएको थियो । त्यस्तै बिन्धबासिनी विद्यालय मन्डनकी दीलाशा तामाङलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, संविधानसभा सदस्य रामेश्वर फुयाँल, प्रतिष्ठानका महासचिव विजय चालिसेलगायतले नेपाली साहित्य, कला, सङ्गीत, शिक्षा र समाजसेवाको क्षेत्रमा रमेश विकलको योगदानको स्मरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा

हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा

रुकुम पूर्व ।  हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ