थुनुवा मुक्त गराइदिने भनी रकम लिने तीनजना पक्राउ



 

सुदूरपश्चिम । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका परिवारबाट रकम लिने तीनजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गौरीगङ्गा नगरपालिका—७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्कसाउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका–१ का एकजनाका परिवारका सदस्यबाट उनीहरुले भारतीय रुपैयाँ ३९ हजार पाँच सय लिएको फेला परेको उनले बताए ।

अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । शुक्रबार राति पक्राउ परेका ती व्यक्तिमाथि थप अनसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रमेश विकल वाङ्मय पुरस्कार थापालाई

काठमाडौं ।  नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको

चार केजी गाँजा र तीन लाख नगदसहित झापामा एक युवती पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया

बाढीपहिरोले क्षति पुर्याउँदा बागमतीमा धान उत्पादनमा एक दशमलव ३७ प्रतिशतले ह्रास

बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत

थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी

बागलुङ । बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो । मलेसियामा