टिकटक बनाउने क्रममा खोलामा खसेर तेह्रथुममा शिक्षक र विद्यार्थीको मृत्यु



 

तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।

शनिबार अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिइन् । शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंको तिनकुनेमा हिंसात्मक प्रदर्शन र तोडफोडमा संलग्न भएको आरोपमा थप २४ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तिनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब बिहान ६ देखि राति १२ बजेसम्म खुला रहने

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ ।

विशेष अदालतमा प्रतिवादीका पक्षमा बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी साक्षीले प्रतिवादीलाई सहयोग पुग्ने गरी बयान

‘बब्लु टी स्टाल’-जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु !

  वीरगञ्ज । तीन दशकअघिसम्म वीरगञ्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका