लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ



नेपालगञ्ज । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्राम डोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु. नौ लाख ३३ हजार ७६० बराबरको अवैध सामग्रीसमेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मङ्सिरमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरूलाई सात वर्ष दुई महिना २० दिन कैद र रु. आठ लाख ६३ हजार ८०० जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बाँकेमा दर्ता भएका जम्मा ८४ मुद्दामा ५२ व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएकामा पर्खाइमा रहेका ३८ मुद्दालाई फर्छ्यौट गरिएको जानकारी दिएको छ । ठाडो उजुरीतर्फका ४२८ मुद्दामा ४१६ फर्छ्यौट भएको र १२ वटा बाँकी निवेदन फर्छ्यौट प्रक्रियामा रहेका छन् । जिल्लाभरमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएर रु. ४६ हजार जरिवाना गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा महिला बालबालिकासँग सम्बन्धित छ मुद्दा दर्ता हुँदा छ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ भने घरेलु हिंसासम्बन्धी दर्ता भएका ५० उजुरीमा ३६ उजुरी फर्छ्यौट गरिएको छ ।

चौध उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फको १० निवेदनमा छ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन् ।

ट्राफिक प्रहरीको कारबाहीतर्फ मङ्सिरमा मात्रै दुई हजार ८८६ सवारी साधनलाई कारबाही गर्दै रु. २४ लाख ७१ हजार ५०० राजस्व संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मङ्सिर २८ गते मात्रै १५० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त

राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पुस १३ देखि पोखराको लेकसाइडमा सडक महोत्सव हुने

काठमाडौँ । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही

काठमाडौंको एयरपोर्ट शम्भुमार्गबाट श्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।