सिस्नेरी–दक्षिणकाली सडक ११ गतेसम्म बन्द हुने



मकवानपुर । हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले उक्त सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

सडक स्तरोन्नतिका निम्ति कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंको एयरपोर्ट शम्भुमार्गबाट श्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५

पोखरामा पुस १३ देखि दोस्रो संस्करणको ड्रागन बोट रेस प्रतियोगितामा २० समूहको सहभागिता रहने

पोखरा । पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको तयारी

सिरहामा चार महिनामा २५५ सवारी दुर्घटना, २२ जनाको मृत्यु, ४५७ घाइते

सिरहा । सिरहामा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा दुई सय ५५ सवारी दुर्घटना