प्रधानसेनापति सिग्देलद्वारा भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण



काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देल शनिबार देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको अन्तिम दलले कवाज निरीक्षण गरेका छन् ।

त्यसक्रममा उनले नवनियुक्त अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नाका साथै उनीहरूसँग अन्तरक्रिया समेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले विसं २०१० देखि सो एकेडेमीमा आफ्ना अधिकृत क्याडेटलाई तालिममा सहभागी गराउँदै आइरहेको छ । हालसम्म उक्त एकेडेमीबाट दुई सयभन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन् । बाह्र देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेट तालिमरत रहेका सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन निर्माण धमाधम

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ

चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको

शिक्षक महासंघले भन्यो-सरकारद्वारा संरक्षित भिजिलान्तेले स्थिति भड्काए, १२ शिक्षक गम्भीर

काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको नयाँबानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएकामध्ये

चट्याङ लागेर गोरखामा एकजनाको मृत्यु, दुईजना घाइते

गोरखा । गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते