वैदेशिक रोजगारमा विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ



काठमाडौं ।  आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौंको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौं बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका–७ घर भई काठमाडौं–२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

‘पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीन जना पीडितहरूबाट सात लाख, गीताले युके पठाइदिने भन्दै आठ जना पीडितबाट १६ लाख पाँच हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो,’ एसपी आचार्यले भने ।

प्रहरीले मधुलाई काठमाडौंको टोखा–६ बाट र गीतालाई काठमाडौं–२८ बाट तथा दिव्यालाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने

‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अमरेशको अभिव्यक्ति संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति

देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछः सांसद शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

घोराही (दाङ), ८ असार । गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो