आफूलाई झाँक्री बताउने प्रकाश भुजेल पुर्पक्षका लागि जेल चलान



काठमाडौं । आफूलाई झाँक्री बताउने प्रकाश भुजेल पुर्पक्षका लागि जेल चलान भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले झाँक्रीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

गत कात्तिक २८ उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीको मृत्यु भएको थियो ।

दुर्घटनापछि फरार भएका उनले साँझ प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । सुरुमा शव बुझ्न नमानेका पीडित परिवारले आर्थिक सहयोग सहमतिपछि शव बुझेका थिए । उनीविरुद्ध प्रहरीले सवारी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे । काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना

म्याग्दी। सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

राँझा । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर। लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक