जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार



जुम्ला । जुम्ला  जिल्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इन्टरनेट सेवा दिएको छ ।

जुम्लाका आठ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि काम भइरहेको छ । जिल्लाका धेरै जसो सरकारी कार्यालय र व्यक्तिगत पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख सुवास शाहले जानकारी दिए ।

चन्दननाथ नगरपालिका भित्र मात्रै एक हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । कार्यालय प्रमुख शाहले भने,“जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ ।

यस कारण ग्राहक आकर्षित छन् । ” इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको कार्यालय प्रमुख शाहको भनाइ छ । इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको टेलिकमले जनाएको छ ।

यहाँका आठ वटै स्थानीय तहका २० स्थानबाट फोरजी सेवा र सात वटा ठाउँमा टुजी सेवा सहितका टावरबाट सञ्चार सेवा प्रवाह भएको टेलिकमले जनाएको छ ।

टेलिकमको एनटी फाइबर गत वर्षको जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ भएको थियो । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीमा १५ दिनमा १३ क्विन्टल गाँजा बरामद

महोत्तरी। महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ ।

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

तनहुँ । यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको

मध्यरातदेखि संसद अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति

सुनको मूल्य निरन्तर अकासिदो, तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको