प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जाने



काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने जनाइएको छ ।

सो अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने पनि निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सांसद राई पक्राउ गरिएकोबारे सदनलाई जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद माया राईलाई पक्राउ गरिएकोबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ

उर्जा मन्त्रालयबाट खर्च हुन नसेको भन्दै दुई अर्ब ३५ करोड र एमसिए–नेपालबाट दुई अर्ब बजेट फिर्ता

  काठमाडौँ । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न

‘हिम्मत छ प्रधानमन्त्रीज्यू, पोखरा विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका

एमाले सांसदको प्रश्नः जनताको प्रतिनिधिले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताका आधारमा विदा गरेको श्री ३ किन फर्किँदैन ?

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउन भए पशुपतिशम्सेर राणालाई श्री