बीबीसीको १०० प्रभावशाली महिला सूचीमा नेपालकी शिलशिला पनि


बीबीसी । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपाली शिलशिला आचार्य पनि परेकी छन् ।

शिलशिला आचार्य नेपालमा एउटा ठूलो प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँछिन्। फोहर व्यवस्थापनसम्बन्धी अभ्नी भेन्चर्स नामको उनको संस्थाले सीमान्त समुदायका सदस्यलाई रोजगारी दिनुका साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको छ ।

आचार्यले सन् २०१४ मा ’धन्यवाद, म आफैँ झोला बोक्छु’ भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन। जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो । वातावरण तथा फोहोर व्यवस्थापन अभियानकर्मी हिमालय सफाइको एउटा ठूलो अभियानका पछाडि पनि थिइन्। त्यस क्रममा पर्वतारोहीहरूले छाडेका ११९ टन फोहर सङ्कलन गरिएको थियो ।

उनको कामको परिणाम नै हो, आदिवासी महिलाहरूले सङ्कलन गरेको फोहरबाट शृङ्गारका सामान, म्याट र डालो बनाएर आफ्नो जीवन निर्वाहमा सहज बनाएका छन्।