रामेछापमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु, तीन घाइते



 

मन्थली । रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् ।

काठमाडौंबाट  बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप शुक्रबार दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा जिप चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको छ । मृतक अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते तीनैजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगङ्गा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन् । अन्य एक घाइतेको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा रथी केसीलाई दज्र्यानी चिन्ह प्रदान

  काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा दर्जामा पदोन्नति भएका प्रदीपजङ्ग केसीलाई दज्र्यानी

जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?

प्रगति ढकाल, काठमाडौँ । बर्सेनि जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बढ्ने गरेको छ

दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन थुनामा राख्न अनुमति

लरेन्स बिश्नोई समूहको नामबाट व्यवसायीलाई धम्की दिने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालितः सीआईबी

काठमाडौं । प्रहरीले भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा