नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा सिफारिस



 

काठमाडौँ । नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समिति सचिवालयको बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका प्रहरी उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस हुनेमा नेपाल प्रहरी अस्पताल रेडियोलोजी शाखा महाराजगञ्जमा कार्यरत डा केदार खड्गी, नेपाल प्रहरी अस्पताल मेडिसिन शाखा महाराजगञ्जमा कार्यरत डा छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा पवनकुमार राय, नेपाल प्रहरी अस्पताल डेन्टल शाखा महाराजगञ्जमा कार्यरत डा सुवर्ण कुँवर रहेका बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लरेन्स बिश्नोई समूहको नामबाट व्यवसायीलाई धम्की दिने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालितः सीआईबी

काठमाडौं । प्रहरीले भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा

लिलावल्लभ अधिकारीलाई पक्राउ गरी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलावल्लभ अधिकारीविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा

प्रधानमन्त्रीको चीन भ्रमणको परराष्ट्रद्वारा औपचारिक जानकारी, ओलीले पेकिङ विश्विविद्यालयमा सम्बोधन गर्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक जानकारी गराएको

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री पौडेल

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताएका